कावासोतीको कुढौली खानेपानीको अध्यक्षमा दवाडी विजयी




कावासोती – पूर्वी नवलपरासीको कावासोती ११ मा रहेको कुढौंली खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदमा लेखनाथ दवाडी निर्वाचित भएका छन् ।

कावासोती ११ कुढौंली खानेपानी उपभोक्ता समितिको अधिबेशनले एघार सदस्यीय नयाँ समिति चयन गरेको छ ।




अध्यक्षका अर्का प्रत्यासी विकासकुमार केसीलाई ८ मतको अन्तरले पराजीत गर्दै दवाडी अध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेको मत २७४ मा दवाडीले १३० मत पाउदाँ केसीले १२२ मत पाएका थिए ।

यसै गरी संस्थाको उपाध्यक्षमा हस्तबहादुर थनेत निर्विरोध चयन भएका हुन ।

यसैगरी सचिवमा शिवकुमार महतो १४५ मत सहित निर्वाचित भएका छन । महतोले १४५ मत पाउदाँ सचिव पदका अर्का प्रत्यासी पिताम्बर तिवारीले ११४ मत पाएका हुन । त्यसै गरि सदस्यहरुमा देवनचन्द ठकुरी, गंगा देवी क्षेत्री, पदमबहादुर थापा, धनबहादुर थापा, शिखाराम गुरौ र बलबहादुर थनेत निर्वाचित भएका छन भने महिला सदस्यमा गंगा क्षेत्री सरिता र मिनाकुमारी थनेत सर्वसम्मत चयन भएका हुन । त्यसै गरि लेखा समिति संयोजकमा लिलाम्बर काफ्ले, लेखा सदस्यमा माधव सुवेदी र शान्ति आले सर्वसम्मत चयन भएका हुन ।

२०७३ सालमा स्थापना भएको संस्था अहिले सम्म तर्दथ समितिको भरमा सन्चालन हुदै आएको थियो ।



सम्बन्धित
Loading...