नवलपुरका स्थानीय न्यायिक समितिलाई २ दिने प्रशिक्षण


रामकुमार श्रेष्ठ –



नवलपुर । पूर्वी नवलपरासीको स्थानीय न्यायिक समितिका पदाधिकारीहरुका लागि २ दिने कानुनी तालिम प्रदान गरिएको छ ।
तालिममा सहभागी न्यायिक समितिका संयोजक एवम् नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षहरुले आफूहरुलाई कानुनी ज्ञानको अभाव रहेकोले कानुनी तालिम आवश्यक रहेको औल्याएका थिए ।

तालिममा नवलपुरका ८ वटा पालिकाका न्यायिक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।




२ दिनसम्म चलेको तालिममा पिपुल फोरमका उपाध्यक्ष कृष्ण न्यौपाने, अधिवक्ताहरु सोमप्रसाद लुइटेल, कृष्ण न्यौपाने, पुरुषोत्तम प्रजापति लगायतले स्थानीय तहमा न्यायिक समितिले सम्पादन गर्न काम र तिनका कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रम जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको थियो ।

रिड पनेपाल र पिपुल फोरमको आयोजना, जिल्ला समन्वय समिति नवलपुर र अग्यौली सामुदायिक स्रोत पुस्तकालयको समन्वय र ओइरेक्स र रिड ग्लोबलको सहयोगमा तालिम भएको थियो ।

तालिममा सहभागीहरुले यस्ता तालिम पालिका आफैले पनि सञ्चालन गरेर न्यायिक समितिबाट हुने कार्यसम्पादन प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।



सम्बन्धित
Loading...