नवलपुरमा बाघको आक्रमणबाट १ जना घाइते


file photo


नवलपुर । पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट १ जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका ४ तल्लो पिदारीमा रहेको मणि मुकुन्द सामुदायिक वनमा रेखदेखका लागि खटिएका बन हेरालु विनयी त्रिवेणी ४ बस्ने ४०बर्षीय योगबहादुर पल्लीलाई बाघले आक्रमण गरेको हो ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बाघको आक्रमणबाट घाइतेलाई स्थानीयले देखि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याएका थिए ।

नवलपुरमा विगत केही बर्षदेखि बाघको आतंक बढेको छ । बाघ नियन्त्रणका लागि पटक पटक प्रयास भए पनि सफल भने हुन सकेको छैन ।



सम्बन्धित
Loading...