२ दिने समीक्षा गोष्ठी
रामकुमार श्रेष्ठ –
नवलपुर । जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा स्थानीय तह र प्रदेश स्तरका कार्यालयको समीक्षा गोष्ठी कावासोतीमा भएको छ ।
२ दिनसम्म चलेको गोष्ठीमा नवलपुरमा रहेका ८ वटा पालिका र प्रदेश सरकार मातहत रहेका १२ वटा जिल्ला स्तरका सरकारी कार्यालयहरुले आर्थिक बर्ष २०७८÷७९ को कार्यक्रमको समीक्षा गरिएको थियो ।
विहीबार प्रदेश सरकार मातहत रहेका स्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, मध्यविन्दु जिल्ला अस्पताल, आर्युवेदिक स्वास्थ्य केन्द्र, सडक तथा पूर्वाधार कार्यालय, सामाजिक विकास कार्यालय लगायतका १२ वटा जिल्ला कार्यालयका प्रमुखहरुले आफ्नो कार्याक्रमको बारेमा जानकारी गराएका थिए ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकको अध्यक्षतामा भएको कार्यक्रम पहिलो दिन पूर्व सांसद तिलक महतको प्रमुख आतिथ्यतामा र दोस्रो दिनको कार्यक्रम गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीको अध्यक्षतामा भएको थियो ।







