अनारका १५ फाइदा


अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।



यस्ता छन् अनारका फाइदा :

धमनीको रक्षा :
अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ।




पखला निको पार्छ :
ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ।

किड्नी जोगाउँछ :
अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ। फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ।

गर्भवती महिलालाई फाइदा :
अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ। अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ।

कोलेस्टोल घटाउँछ :
अनार एन्टिअक्सिडियन्टयुक्त फल हो। यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ।

क्यान्सर विरोधी :
अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ।

उच्च रक्तचाप नियन्त्रण गर्छ :
अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ। रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ :
यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ। यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ।

रक्त अल्पताबाट जोगाउँछ :
अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ। मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ ।

शरीरलाई शान्त बनाउँछ :
अनारमा शारीरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ। यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ।

कलेजोलाई फाइदा :
अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ। कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ।

पेटलाई शान्त पार्छ :
अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ।

छालालाई पनि फाइदा :
च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ।

कपालको रक्षा :
नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ।

यौन स्वास्थ्य मजबुत पार्छ :
अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ।

नोट: स्वस्थ रहन अनार खानुको साथै शारीरिक व्यायाम नियमित गर्नुपर्छ। यसका साथै नियमित स्वास्थ्य जाँच पनि गर्नुपर्छ।



सम्बन्धित
Loading...