ट्रकको ठक्करबाट एक जनाको मृत्यु


काठमाडौँ, १४ जेठ । काठमाडौँको कलंकीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।



प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१४ कल‌ंकी चोकमा आज दिउँसो .प.प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२-००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।




दुर्घटना हुँदा स्कुटरमा सवार तनहुँ घर भई काठमाडौँ चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।



सम्बन्धित
Loading...