रुपन्देहीमा एक युवतीको शंकास्पद मृत्यु
बुटवल । रुपन्देहीमा एक युवतीको शव भेटिएको छ । रुपन्देहीको गौडहवा गाउँपालिकामा एक किशोरी मृत फेला परेकी हुन । गैडहवा गाउँपालिका वडानम्बर १ साँडिकाकी १९ बर्षकी सवनाम निशा मृत फेला परेकी हुन् । बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी थिइन् ।
बुधबार बिहान उनको शव खेतको कुलोमा फेला परेको थियो । स्थानीयवासीले उनको हत्या भएको हुनसक्ने आंशका गरेका छन् ।
निशाको घर परिवारले बिहे गर्न केटासँग कुरा भइरहेको जनाएको छ । मृतकको पोष्टमार्टमका लागि काठमाडौं पठाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवालाई नियन्त्रमा लिएको छ ।
मृतकका बाबु महोम्मद हिसाहारका अनुसार सोमबार राति खाना खाएपछि छोरी कोठामा सुत्न गएका थिइन् । राति आमाले हेर्दा कोठामा नदेखेपछि खोजि जारी राखिएको थियो । निशाको बिहे यहि जेठमा हुने तय भएको थियो ।