कालीगण्डकी नदीमा नुहाउन गएका २ जना नदीमा वेपत्ता


रामकुमार श्रेष्ठ –



नवलपुर – पूर्वी नवलपरासीकाे गैडाकाेट ३ केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएकाे २ २ जना युवा वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ ५ बजेतिर नवलपुरकाे गैडाकाेट २ शिलान्यास चाेक निवासी २५ बर्षीय रमेश चालिसे र चितवनकाे रत्ननगर २ टाँडी निवासी २४ बर्षीय सुरज सुवेदी वेपत्ता भएका हुन् ।




संगै नुहाउन गएकाे ३ जना मध्ये बाग्लुङ गल्काेट ८ निवासी २८ बर्षीय मुक्तिराम शर्मा भने सकुसल रहेका छन् । वेपत्ताकाे खाेजी कार्य जारी रहेकाे छ ।

बढ्दाे गर्मीका कारण नदी, खाेला तथा झरनामा गर्मी छल्न नुहाउन जाने क्रम अत्यधिक बढेकाे छ ।



सम्बन्धित
Loading...