लाइभ दोहोरीमा जम्दै रुपन्देहीकी गायिका आरति रुचाल





बुटवल । लोक तथा दोहोरी गायिका आरति रुचाल अहिले लाइभ दोहोरीमा निक्कै जमेकी छिन् । दोहोरी साँझ तथा स्टेज प्रोग्राममा लाइभ दोहोरीमा उनका माग बढ्दो छ ।

उनको माया मिसाउनी, पुतली, दिन दिनै भएत भेट, केही छैन रमाइलो यस्पालीको तीज, लामो दारीमा, बाडुली लाउलो सपनी आउलो जस्ता लोक दोहोरी गीत, तीज गीत चर्चामा रहेका छन् ।


विषेश गरि लाइब दोहोरीकी प्रखर गायिका धेरै दोहोरी प्रतियोगितामा पनि सहभागी भै प्रथम स्थान हांसिल गरेकी छिन ।

आफू संग्लग्न रहेको हरेक कुरामा आफुलाई सकृयताका साथ अगाडि बढाउन मन पराउने गायिका रुचाल लोक दोहोरी प्रतिष्ठान रुपन्देही जिल्लाको कोषाध्यक्ष पनि रहेकी छिन । स्पस्ट र पारदर्र्शी व्यवहार कै कारण दर्शकको बढी माया पाएको बताएकी उनी छिन ।

गीत संगीतसंगै आफ्नो पढाईलाई पनि अगाडि बढाउंदै गरेकी आरतीले संगीतलाई नै आफ्नो कर्म थलो बनाएर लागेकी छिन् ।

दोस्रो विशाल म्युजिक अवार्डमा उनले सर्वोत्कृष्ट लाइभ दोहोरी गायिका अवार्ड जितेका थिइन।



सम्बन्धित
Loading...