अवैध मालसमान बरामद


परासी । पश्चिम नवलपरासीको सिमा प्रहरी चौकी महेशपुरले भारतबाट नेपाल भन्सार छली ल्याउँदै गरेको एक लाख पैतिस हजार बराबरको सामग्री बरामद गरेको छ ।
सरावल गाउँपालिका ४ बड्सारेमा अवैध रुपमा ल्याई बेवारिसे अवस्थामा छाडेको पुजामा प्रयोग हुने सल, लेडिज सुत, काचो थान कपडा, फेन्सी साडी, लेगिज, टप्स, सुती धोती, ढोकाामा लगाउने किलाकब्जा लगायतका सामग्री बरामद गरेको हो ।
त्यसैगरी विहीबार जिल्ला प्रहरी कार्यालय नवलपरासीले एक लाख बराबरको अवैध मालसमान बरामद गरेको जनाएको छ ।
नवलपरासीको रामग्राम नगरपालिका १२ सेतोपुल नजिकै भन्सार छलि ल्याएर लुकाई छिपाई राखेको अवस्थामा ढोकाको पर्दा, सुट, सल, थान कपडा, साडी लगायतका लत्ताकपडा बरामद गरेको हो ।



सम्बन्धित
Loading...