काेरा साईक्लिङ्ग च्यालेन्ज तयारी पुरा




घनश्याम बगाले । कावासाेती —

नवलपरासी पूर्व २९ असार ।
पूर्वी नवलपरासीमा आयाेजना हुने काेरा साईक्लिङ्ग च्यालेन्जकाे तयारी पूरा भएकाे छ ।
शनिवार कावासाेती साईक्लिङ्ग ग्रुपले जिप्रका नवलपुर परिसरमा गरेकाे प्रेसमिटमा ग्रुपका अध्यक्ष अजय श्रेष्ठ, ज्याेतिले साे जानकारी दिनु भएकाे हाे ।




च्यालेन्ज अभियानमा आवश्यक स्वास्थ्य, सडक सुरक्षा, एम्बुलेन्स जस्ता अत्यावश्यकीय प्रवन्ध सम्वन्धित सराेकार पक्षबाट समन्वयहुने बताईएकाे छ ।
साईक्लिङ्ग च्यालेन्ज घडिकाे सुईकाे दिशामा स्थानीय कावासाेती २ स्थित नर्मदेश्वर शिवालय गेटबाट बिहान ठिक ६ बजे प्रारम्भ हुने जनाईएकाे छ ।

साईक्लिङ्ग च्यालेन्जमा सहभागी साईकलयात्रीहरू कावासाेती २, ६, र १ नम्वर वडाकाे एसमाेड हुँदै देवचुलीकाे कालिका चाेक, धारापानी चाेक, कैलाश चाेक, धाैलागिरी चाेक हुँदै पूर्व पश्चिम राजमार्गकाे लाेकाहा खाेला पुलमा आई पुग्ने छन् ।
लाेकाहाबाट साईकलयात्रीहरू कुडाैली, लाैगाई, पिठाैलीचाैर, लाैखानी, साँढ, रताैल, गुँडार,गाेछडा हुँदै मध्यबिन्दु २ काेल्हुवा चाैरहा पुग्ने मार्ग तय भएकाे छ ।

यात्रीहरू काेल्हुवाबाट मध्यबिन्दु १ पतवारी, कावासाेती १७ बभनाैली, गाेर्सती १४ काे थारूडण्डा,१६ काे डण्डा बजार, ३ काे पुरानाे कावासाेती, नमूना सदरमुकामकाे दक्षिणी भागहुँदै प्रस्थान बिन्दु शिवालयमै आएर समापन हुने ग्रुपका सचिव गणेश गुरूङ्गले बताउनु भयाे ।

स्वचालित सवारीकाे प्रयाेग घटाई मानव स्वास्थ्य प्रवर्द्धन,धार्मिक एवं सामाजिक सद्भाव कायम गर्ने उदेश्यले कावासाेती साईक्लिङ्ग ग्रुपले हरेक वर्ष काेरा साईक्लिङ्ग च्यालेन्जकाे आयाेजना गर्दै आएकाे छ ।
यस वर्ष पनि साेही मिति र समयमा देशका काठमाडौ,भक्तपुर, बिराटनगर, कास्की, चितवन, बुटवल, दाङ, नेपालगन्ज , कैलाली लगायत जिल्लाका प्रमुख नगरहरूमा एक साथ काेरा साईक्लिङ्ग च्यालेन्ज हुने बाँकेबाट बरिस्ठ पत्रकार एवं साईकलयात्री प्रेम केसी बताउनु हुन्छ ।

यसै क्रममा नियमित साईक्लिङ्ग गर्नुहुने जिप्रका नवलपरासी पूर्वका प्रमुख, प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले साइकल चलाउदा शरीर तन्दुरुस्त रहने बताउनु भयाे ।

साथै वहाँले छाेटाे दुरीमा साईकलनै चलाउने बानीकाे बिकास गर्न सकेमा ब्यक्तिकाे स्वास्थ्यमा सुधारआई सडक सुरक्षा, ईन्धनकाे बचत तथा सवारी खरिद गर्दा हुने डलरकाे खर्चमा कटाैती गर्न सकिने बिचार ब्यक्त गर्नुहुन्छ ।

काेरा साईक्लिङ्ग च्यालेन्जमा यस पटक करिव १ सय जनाकाे सहभागिता रहने ग्रुपले जानकारी दिएकाे छ ।
स्थानीय कावासाेती, देवचुली र मध्यविन्दु नगरपालिका अन्तरगतका विभिन्न धार्मिक स्थल, पर्यटकीय क्षेत्र र वडाहरूलाई समेट्दै करिव ५० किलाे मिटरकाे दुरीमा साईक्लिङ्ग गरिने आयाेजक पक्षले जनाएको छ ।

ग्रुपले नियमित साईक्लिङ्ग गर्ने क्रममा सार्वजनिक मठ, मन्दिर,गुम्वा लगायत धार्मिक स्थलकाे सर सफाई,राष्ट्रिय निकुञ्ज,नदी क्षेत्रकाे प्लाष्टिकजन्य फाेहर संकलन जस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएकाे बताईएको छ ।
स्वास्थ्यका लागि साईक्लिङ्ग भन्ने मूलमन्त्रका साथ युवाहरूले साईकल चलाउन थालेसंगै नगर क्षेत्रमा उद्योग व्यवसायी, कर्मचारी तथा आम सर्वसाधारणहरूमा पनि साईकल चढ्ने प्रबृत्ति बढ्दै गएकाे स्थानीयहरू बताउँछन् ।



सम्बन्धित
Loading...