पुष्पलाललाई स्मरण नेकपा एमालेले गर्यो नवलपुरमा विचार गोष्ठी

कावासोती, ७ साउन ।
नेकपा एमाले नवलपुरले नेपाल कम्युनिस्ट पाटीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा जिल्ला स्तरीय विचार गोष्ठी गरेको छ ।
विचार गोष्ठीमा बोल्दै नेकपा एमाले केन्द्रीय पोलिव्युरो सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मना जिसी (केसी) ले पुष्पलालको विचार र सिद्धान्तलाई अनुसरण गर्न सकेमात्र पुष्पलाल प्रतिको सच्चा सम्मान हुने बताएका छन् ।
पुष्पलालले राणा विरुद्धको आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्दै अब विभिन्न चिरामा विभाजन भएको नेपालका कम्युनिष्ट पार्टीहरु एक भएर कम्युनिष्ट आन्दोलनलाई उठाउनु पर्नेमा मना जिसीले जोड दिए ।
बिचार गोष्ठीमा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य पूर्णप्रकाश बि.क.ले पुष्पलाल ३५ बर्षकै उमेरमा भुमिगत जीवन र प्रवासमा रहेर कम्युनिस्ट पार्टी स्थापनामा खेलेको भूमिकाको स्मरण गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यहरु रोशन बहादुर गाहा, जीवन श्रेष्ठ, बिष्णु भुसाल लगायतले नेपाली जनताका लागि आफ्नो जीवननै समर्पण गरेका पुष्पलालको विचार र सिद्धान्त अनुसरण गर्न सके सच्चा श्रद्धाञ्जली हुने बताए ।
गोष्ठी नेकपा एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षतामा भएको थियो ।

