लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको पद हस्तान्तरण सम्पन्न ,अध्यक्षमा शिव




लायन्स क्लब अफ कावासोतीको दोस्रो पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ।

स्थापना भएर तेस्रो बर्षमा अगाडि बडिरहेको क्लबको बर्ष २०२३-२०२४ का लागि पुर्व सचिव लायन शिव खड्का सर्वसहमत रुपमा अध्यक्ष चयन भएका छन।




आज एक कार्यक्रमका विच अध्यक्ष खड्कालाइ संस्थापक अध्यक्ष किरण भुर्तेलले पद हस्तान्तरण गरे भने सचिव दिपक लुइँटेललाई पुर्व सचिब रहेका खड्काले पद तथा माइनट हस्तान्तरण गरेका छन।

संस्थाको अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा लक्ष्मण रिजाल,द्वितीय उपाध्यक्षमा नारायण तिवारी, सचिबमा दिपक लुइँटेल , कोषाध्यक्षमा मीन बहादुर बोहोरा निर्विरोध निर्वाचित भएका छन।

कावसोती ८ मा रहेको नया थाली होटलको सभाहलमा सम्पन्न कार्यक्रममा रिजन चेयर पर्सन देविमाया घिमिरे प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो भने जोन चेयर पर्सन देवि घिमिरे,लायन्स क्लब अफ भरतपुर सप्तरङ्गीका अध्यक्ष ओमकार सिग्देल सहित क्लबका अन्य सदस्यहरु समेतको उपस्थिति रहेको थियो।



सम्बन्धित
Loading...