२ लाख २८ हजार बराबरकाे चल्ला बरामद

२ लाख २८ हजार बराबरकाे चल्ला बरामद
नवलपरासी, ७ साउन । भारतबाट अवैध रूपमा नेपाल भित्र्याईएकाे २ लाख २८ हजार रूपैयाँ बराबरकाे कुखुराकाे चल्ला आईतबार प्रहरीले बरामद गरेकाे छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ रुपाैलियाबाट प्रहरीले बरामद गरेकाे हाे ।
२६ कार्टुन बाेईलर कुखुराकाे चल्ला, चल्ला ल्याउन प्रयाेग गरिएकाे लु १ ज २६८३ नम्बरको गाडी र गाडी चालक प्रहरीले नियन्त्रणमा लिईएकाे पश्चिम नवलपरासी प्रहरीले जनाएकाे छ ।

