एसईई परीक्षामा कावासाेती नगरपालिका भित्र गण्डकी मावि र वाईज भिजन प्रथम

नवलपुर । यस बर्षकाे एसईई परीक्षामा नवलपुरकाे कावासाेती नगरपालिका भित्र गण्डकी मावि र वाईज भिजन सेकेन्डरी स्कूल नगर प्रथम भएकाे छ ।
यस बर्षकाे SEE २०७९ कक्षा १० को परीक्षामा कावासोती नगरपालिका भित्र साधारणतर्फ सामुदायिक र संस्थागत विद्यालयहरूमा कावासोती ८ काे गण्डकी आवासीय माध्यमिक विद्यालय नगर प्रथम भएकाे विद्यालयका प्रिन्सिपल जगत प्रसाद भट्टराईले बताए।

गण्डकी माविबाट २६ जना विद्यार्थी परीक्षामा सहभागी भएकाेमा ३.१७ औषत जिपिए ल्याएका छन् ।
वाईज भिजन विद्यालयका प्रिन्सिपल तिलक सापकाेटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ काे नजिता अनुसार जिपिए प्रतिशतकाे आधारमा साधारण तर्फ संस्थागत र सामुदायिक सबै विद्यालयमा कावासाेती १२ पिठाैलीकाे वाईज भिजन विद्यालय पनि नगर प्रथम भएकाे हाे ।
स्कूलले औसत जि.पि.ए. ३.१७ का साथ प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल सापकाेटाले बताए ।

यस विद्यालयबाट २१ जना विद्यार्थी सहभागी थिए ।
यी दुवै विद्यालय नवलपुर जिल्ला भरिमा जिल्ला तृतीय पनि भएकाे छ ।

