तमु विद्यार्थी छोज धि नवलपुरले गरयो एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई सम्मान

नवलपुर । गुरुङ अर्थात तमु विद्यार्थी छोज धि नवलपुरले एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
नवलपुरको कावासोती स्थ्ति मिलन गुम्वाको सभाहलमा एक औपचारिक कार्यक्रमका बीच जिल्लाका करिव ५० एसईई उर्तिण विद्यार्थीहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको हो ।
तमु विद्यार्थी छोज धि गुरुङ जिल्ला कार्यसमिति नवलपुरका अध्यक्ष मोहित तमुको अध्यक्षता तथा तमु ह्युल छोज धि केन्द्रिय अनुगमत समिति संयोजक तौ बहादुर गुरुंङको प्रमुख आतिथ्यता रहेको थियो ।
नवलपुरका सरकारी एवम् गैरसरकारी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा तमु ह्युला छोज धि जिल्ला नवलपुरका पूर्व अध्यक्ष बुद्धि बहादुर गुरुङ, तमुस्यो ह्युला छोज धि जिल्ला नवलपुरकी पुर्व अध्यक्ष चन्द्र कुमारी तमुस्यो, प्ये ल्हु संघ जिल्ला नवलपुरका अध्यक्ष घमान सिंह गुरुङ, विशाल तमु लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि तमु ह्युल छोज धि केन्द्रिय अनुगमत समिति संयोजक तौ बहादुर गुरुङले नतिजाको अंक भन्दा बौद्धि ज्ञान सर्वमान्य हुने बताए । उनले अवको भविष्य विद्यार्थी स्वयम आफैमा हुने भएकाले ब्यवहारिक शिक्षा रोज्नुपर्नेमा स्पष्ट पारे .।
कार्यक्रमको समापन समारोहमा बोल्नुहुदै आयोजक तमु विद्यार्थी छोज धि गुरुङ जिल्ला नवलपुरका अध्यक्ष मोहित तमुले गुरुङ विद्यार्थीहरुले शिक्षा लाई निरन्तरा दिदै आफ्नो जातीय सस्कारलाई पनि अगांल्नुपर्ने बताए । साथै गुरुंगले जातिय भाषा खेमा लिपि तालिमको आयोजना गर्ने समेत बताए । कार्यक्रमको सञ्चालन सचिव मनिष गुरुङले गरेका थिए ।
