कावासोतीमा सेभेन ए साइ नकआउट फुटबल प्रतियोगिता शुरु, आज २ खेल हुँदै




नवलपुर । नवलपुरको काावसोतीमा प्रथम मध्यविन्दु स्काइलाइन ए साइ नकआउट फुटबल प्रतियोगिता २०८० सुरु भएको छ ।

मध्यविन्दु स्काइलाइन एकेडेमी कावासोती ८ को आयोजनामा जिल्लामै पहिलो पटक सेभेन ए साइड नकआउट फुटवल प्रतियोगिता सुरु भएको हो ।




शनिबार गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलको औपचारिक उद्घाटन गरेका थिए । जिल्लाका खेलाडीहरुलाई मनोरञ्जन गराउने उद्देश्य स्वरुप प्रतियोगिताको आयोजना गरिएको मध्यविन्दु स्काइलाइन एकेडेमीका अध्यक्ष दधिधर लामिछानेले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार र दोस्रो हुनेले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले जिल्लामै पहिलो पटक आयोजना भएको सेभेन ए साइड नकआउट फुटवल प्रतियोगिताले मनोरञ्जनका साथै जिल्लाका खेलाडीहरुको क्षमता विकास हुने विश्वास ब्यक्त गरे ।

यस्तै गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले छोटो समयमा थोरै ठाउँमा खेल्न सक्ने र यस खालको प्रतियोगितादे पछिल्लो समय निकै उत्कृष्ट स्थान बनाउन सक्ने समेत स्पष्ट पारे ।

सानो चौरमा ७÷७ जना खेलाडी बीच खेल्न सकिने भएकोले यो खेलले नेपालको पहाडी क्षेत्रमा पनि खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रतियाेिगिता कावासोती ८ स्थित लुम्विनी कलेज पछाडीको टुवोर्ग खेल मैदानमा सञ्चालन भएको छ ।

यसैबीच शनिबार भएको उद्घाटन खेलमा भरतपुर लाहुरे चोक २–० गोल अन्तरले विजयी भएको छ । भरतपुरले नवलपुरकाले झ्यालबासलाई पराजित गरेको हो ।

त्यसैगरी आजको आइतबारको पहिलो खेल कावासोती भानु चोक र बेलुवा र दोस्रो खेल रोयल कावासोती र डण्डाबीच हुने आयोजकले जनाएको छ ।



सम्बन्धित
Loading...