पहिराे हटेपछि मुग्लिङ्ग सडक खुल्याे

पहिरो हटेपछि चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान साढे नाै बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको भएको थियो।
इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएरपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।