जातीय संस्कार विरुद्ध गम्भीर अभिव्यक्ति दिने अभिवक्ता पाण्डेको लाइसेन्स खोरेजी र कारवाहीको माग गर्दै कावासोतीमा प्रदर्शन

नवलपुर । अधिवक्ता भगवती पाण्डेको अभिब्यक्तिको विरुद्धमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले विरोध जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ नवलपुर, युवा महासंघ, महिला महासंघ सहित नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ लगायत १० जातीय संगठनहरुले आज जिल्ला प्रशासन कार्यालय नवलपुर अगाडि प्रदर्शन गर्नुका साथै धर्ना दिएको हो ।
त्यसैगरी सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमार्फत जातीय संस्कार विरुद्ध अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारवाही र उनको अभिवक्ताको लाइसेन्स खारेजीको माग गर्दै नवलपुरका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाइ ज्ञापन पत्र बुझाएको हो ।
विपक्षी भगवती पाण्डेको अधिवक्ताको अनुमती पत्र खारेज हुनुपर्ने , अन्तराष्टि«य समुदायको कालो सुचीमा राख्नुपर्ने लगायतको माग महासंघको छ । काठमाण्डौ महानगरपालिका वडा नम्व्र ११ बस्ने शितल भनिने अधिवक्ता भगवती पाण्डेले गत साउन ७ गते प्राइम टेलिभिजनमा दिक्पाल कार्कीद्वारा सञ्चालित चिया गफ कार्यक्रममा तामाङ, मगर र मुस्लिम जातिमा दाजुबहिनी बीचमा विवाह हुने गरेको र उक्त विवाहबाट जन्मिने बालक अपराधिक मानसिकताको हुने आरोप लगाएकी थिइन ।
उनको अभिव्यक्ति विरुद्ध नेपालका तामाङ र मगर समुदाय लगायतका देशभरका आदिवासी जनजातिहरु आन्दोलित भएका छन् ।
कावासोती २ देवी चोकदेखि जिल्लाका विभिन्न जातिय प्रतिनिधिहरुको सहभागितामा वृहत रयाली सहित विपक्षी भगवती पाण्डे मुर्दावाद, भगवती पाण्डेलाई कारवाही गर जस्ता नारा लगाएर सिंगो आदिवासी जनजातीहरुले धर्ना दिएका हुन । धर्ना सहितको कोणसभा कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नवलपुर अध्यक्ष रामकुमार श्रेष्ठ , नेपाल तामांग घेदुङका मिन लामा, जिल्ला मगर संघ अध्यक्ष भुम बहादुर राई , थारु कल्याणकारी सभा नवलपुरका सभापति रामप्रसाद महत्तो, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद नवलपुरका अध्यक्ष जगतकाजी गुरुंङ लगायतले धारणा राखेका थिए ।
वक्ताहरुले सिंगो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनिक अभ्यासमाथि गलत ढंगले व्याख्या गर्नुका साथै आनुवंशिक रुपमा नै अपराधिककरण गर्ने र मान्छेलाई जनावरसंग तुलना गरि दिएको कपोकल्पित, भ्रामक र तथ्यहिन अभिब्यक्तिले सिंगो आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुगेको बताएका थिए ।
पाण्डेलाई गलत अभिब्यक्ति सच्याउन पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि गत साउन ९ गते आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरेको थियो । सो उजुरी दर्ता भएको लामो समय वितिसक्दा समेत निजलाई पक्राउ नगरेपछि प्रहरी परिसर टेकुमा नेपाल तामांङ घेदुङ र नेपाल मगर संघले प्रहरी कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेपछि मात्र साउन १७ गते विहान अभियुक्त भगवती पाण्डेलाई पक्राउ गरिएको थियो ।
त्यसको जानकारी समयमा नपाउँदा घोषित १ घण्टे धर्ना कार्यक्रमलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरि ३ दर्जन बढीलाई पक्राउ गर्नुका साथै पुरुष प्रहरीले महिलामाथि कुटपिट गरि अमानवीय व्यवहार प्रर्दशन गरेको सहभागिहरुको गुनासो छ ।
उक्त दिनको ड्युटीको आधारमा पहिचान गरि निजलाई ऐन बमोजिम हदैसम्मको सजाय एवम् विभागीय सजायको लागि आवश्यक आदेश तथा निर्देशन जारी गर्न महासंघ लगायतले बुझाएको ज्ञापन पत्रमा माग गरिएको छ ।





