मिडिया काउन्सिल विधेयक विरुद्ध नवलपुरका पत्रकारहरु आन्दोलनमा


नवलपुर, ३ जेठ । पूर्वी नवलपरासीमा पनि पत्रकारहरुले शुक्रबार सञ्चार सामग्री सहित कावासोतीमा र्याली गरेका छन् । र्याली कावासोतीको फलफूल चोकबाट इन्द्र चोकसम्म पुगेर कोण सभामा परिणत भएको थियो ।
मिडिया काउन्सिल विधेयक विरुद्ध नवलपुरका पत्रकारहरु पनि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
प्रेस स्वतन्त्रतालाई संकुचित बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा नवलपुरका पत्रकारहरुले पनि साथ दिएका छन् ।
नवलपुरका पत्रकारहरुले आन्दोलन अन्तर्गत बुधबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका थिए ।
¥यालीपछि आयोजित कोणसभामा नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देलले प्रेस स्वतन्त्रता विरोधी विधेयकको विरोधमा आन्दोलन गर्नु परेको बताए ।



त्यसैगरी संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रावधानप्रति चितवनका पत्रकारहरुले पनि आज विरोध प्रदर्शन गरेका छन् ।

चितवनको अगुवाइमा आज सञ्चारका सामग्रीहरुसहित चितवनका पत्रकारहरुले महासंघ कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चितवनका पत्रकारहरुले सञ्चार साधनहरुलाई सार्वजनिक स्थलमा राखेर धर्ना दिएका थिए । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकार महासंघ केन्द्रीय समितिको निर्देशनअनुसार चितवनमा पनि विरोध प्रदर्शनका कार्यक्रमहरु भइरहेको नारायणी अनलाइनलाई जानकारी दिए ।



सम्बन्धित
Loading...