धनगढीबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटनामा, २९ जना घाइते




रामकुमार श्रेष्ठ –

नवलपरासी, ५ भदौ ।




धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख २९८६ नम्बरको बस आज विहान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ घ्युखोलामा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी बसमा सवार ३५ जना मध्ये २९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कायाृलय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जनाएका छन् । पौडेलका अनसाुर ब्रेक फेल भई बस सडक छेउमा पल्टन पुगेको हो । दुर्घटनामा परी घाइते हुनेहरु मध्ये ९ जनाको अवस्था मध्यम रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको दुम्किबास स्वास्थ्य चौकी र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

दुर्घटनामा परी घाइते हुनेमा कैलालीका मात्रै २५ जना रहेका छन् भने बर्दियाका २ जना र रौतहटका २ जना रहेका छन् ।

घाईतेहरु निम्न

चालक-जिल्ला कैलाली धनगडी उ.म.न.पा.१ बस्ने बर्ष ४९ को मित्र सिंह खड्का वाँया खुट्टाको साप्रामा चोट सामान्य ।

ऐ.ऐ. लम्किचुवा न.पा.-०५ बस्ने बर्ष ५८ को पहलसिंह रावल ( दुबै खुट्टामा चोट) अबस्था सामान्य

ऐ.जैसीपुर गा.पा.-१ बस्ने बर्ष ३० को दिपक ब.बोहोरा वाँया हात,खुट्मा चोट मधयम ।

ऐ.ऐ. टिकापुर न.पा.-०१ बस्ने बर्ष ३० को करन साउद (नाक,बाँया हातको कुममा चोट) अबस्था सामान्य

ऐ. लम्किचुवा न.पा.-०१ बस्ने बर्ष २९ को अमर रावत (बाँया गाला बाँया खुट्टा र कम्मरमा चोट ) अबस्था सामान्य

जिल्ला बर्दिया मधुवन न.पा.-०२ बस्ने बर्ष १८ की शोभा चौधरी (दुबै खुट्टा र ओठमा चोट ) अबस्था सामान्य,

जिल्ला कैलाली टिकापुर न.पा.-०१ बस्ने बर्ष १८ की पुजा चौधरी (बाँया खुट्टामा चोट) अबस्था सामान्य

१८.ऐ.ऐ. लम्किचुवा न.पा.-०७ बस्ने बर्ष २९ को सुमन चौधरी (दाँया हात र दाँया खुट्टामा चोट) अबस्था सामान्य

१९.ऐ.ऐ. टिकापुर न.पा.-०५ जानकीनगर बस्ने बर्ष १६ की झरना देबकोटा (दाँया हात र दाँया खुट्टामा चोट) अबस्था सामान्य,

ऐ.ऐ. वडा नं ०१ बस्ने बर्ष २५ को तारा मान ओढ (छातिमा भित्री चोट) अबस्था सामान्य

ऐ.ऐ. जैसिपुर गा.पा.-०७ बस्ने बर्ष २३ को पूर्ण बहादुर नुल (बाँया हातमा चोट) अबस्था सामान्य दुम्किवास स्वा.चौकी न.प.दुम्किवास(पूर्व),

जिल्ला बर्दिया बारा बर्दिया न.पा.-१० बस्ने बर्ष २० को प्रमोद थारु (बाँया खुट्टामा चोट) अबस्था सामान्य दुम्किवास स्वा.चौकी न.प.दुम्किवास(पूर्व),

जिल्ला कैलाली टिकापुर न.पा.-०८ बस्ने बर्ष ३५ को झपड साउँद (टाउको दुबै खुट्टा र बाँया कुममा चोट ।

ऐ.ऐ. ०१ बस्ने बर्ष २१ को बिर बहादुर थापा ( बाँया घुडा र छातिमा चोट ) अबस्था सामान्य

ऐ.ऐ. बस्ने बर्ष १९ की निलम ठकुल्ला (बाँया खुट्टा घाँटिमा चोट) अबस्था सामान्य

ऐ.ऐ. ०५ बस्ने बर्ष २८ को महेश दर्लामी मगर (दाँया हात दाँया खुट्टा र घाँटिमा चोट ) अबस्था सामान्य

जिल्ला रौतहट नैपाल्का गा.पा.वडा नं ०८ बस्ने बर्ष २४ को फिरोज आलम (दुबै हात र कम्मरमा चोट) अबस्था सामान्य

सह-चालक- ऐ.धनगडी उ.म.न.पा.३ बस्ने बर्ष ३५ को तिलक फुलारा दुवै खुट्टा र नाकमा चोट मध्यम

जिल्ला कैलाली लम्किचुवा गा.पा.१ बस्ने बर्ष १९ को दिपेस थापा वाया खुट्टा ढाडमा भित्रि चोट मध्यम ।

ऐ.टिकापुर न.पा.१ बस्ने बर्ष १७ को रिचल चन्द टाउकोमा चोट मधयम ।

ऐ.जैसीपुर गा.पा.-०४ बस्ने बर्ष २८ को सुरेन्द्र महरा (बाँया हात र छातिमा चोट) अबस्था मध्यम

ऐ. टिकापुर न.पा.-०१ बस्ने बर्ष ७० की लाली बि.क.बाँया खुट्टामा चोट अबस्था मध्यम

ऐ.ऐ. बस्ने बर्ष २५ कि अनिता बि.क. ( बाँया खुट्टामा चोट ) अबस्था सामान्य

ऐ.ऐ. बस्ने बर्ष २२ को आकास बि.क.( दुबै खुट्टामा चोट) अबस्था सामान्य

ऐ. टिकापुर न.पा.-०५ बस्ने बर्ष ३१ को कुर बहादुर दर्लामी मगर (लिङग ,साप्रा र दाँया करङमा चोट) अबस्था मध्यम

ऐ.ऐ. बस्ने निजकै छोरी बर्ष ६ की रश्मी दर्लामी मगर (दाँया हात र टाउकोमा चोट) अबस्था मध्यम

ऐ.ऐ. लम्किचुवा न.पा.-०७ बस्ने बर्ष ७१ को माया प्रसाद न्यौपाने (बाँया खुट्टामा चोट) अबस्था सामान्य,

ऐ.ऐ. वडा नं ०२ बस्ने बर्ष ३३ को रामकृष्ण चौधरी (बाँया खुट्टा र लिङगमा चोट) अबस्था मध्यम,

ऐ.ऐ. वडा नं ०५ बस्ने बर्ष २४ को चिरन कुमार चौधरी ( बाँया गाला बाँया आँखा,बाँया खुट्टामा चोट ) अबस्था सामान्य



सम्बन्धित
Loading...