नारायणगढ-मुग्लिन सडकखण्ड १७ घण्टापछि खुल्याे

चितवन। गएराती देखि रोकिएको मुग्लिन–नारायणगढ सडक १७ घण्टापछि दुईतर्फि सञ्चालनमा आएको छ।
सोमबार बेलुकी करिब ८ बजेतिर खसेको पहिरोले सडक अवरूद्ध हुँदा सवारी साधन सडकमै रोकिएका थिए।
सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो पन्छाएपछि मंगलबार दिउँसोदेखि दुवैतर्फ सडक खुलेको छ।
सडक खुलेसँगै सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।
करिब १७ घण्टापछि सडक खुलेको हो ।