कावासोतीमा आगलागी, डेढ लाखको क्षति

कावासोती । पूर्वी नवलपरासीको कावासोती १७ गोछडामा बोधराज गैह्रेको घरमा आगलागी भएको छ ।
नवलपुर प्रहरीका अनुसार गैह्रेको १ तले टिनले छाएको घरको भान्सा कोठामा अचानक आगलागी भएको हो । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय र चौपायामा क्षति नभए पनि भान्साकोठामा रहेको काठको दराज, फ्रिज, चामल आदि गरी डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।