क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले थाल्यो संगठन शुदृढिकरण अभियान




नवलपुर । पूर्वी नवलपरासीमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले पार्टी संगठन निर्माण, विस्तार र शुदृढिकरण अभियान थालेको छ ।

अभियानको प्रदेश ४ संयोजक अशोक लम्सालले उद्घाटन गरेका थिए । जिल्ला संयोजक श्याम कुमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहसंयोजक धनबहादुर कुमालले स्वागत मन्तव्य राखेका थिए ।




कार्यक्रममा बोल्दै अशोक लम्साल अनुकुलले क्रान्तिकारी शक्तिहरु एक हुनुको विकल्प नरहेर नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता गरेको बताउँदै अझै अन्य विचार मिल्ने क्रान्तिकारी पार्टीहरुसँग पार्टी एकता हुने बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले १० भदौ अर्थात आजको दिन एक साथ ७७ वटै जिल्लामा संगठन निर्माण, विस्तार, शुदृढिकरण तथा परिचालनसँगै आर्थिक अभियान थालेको हो ।

त्यसैगरी आइतबार नै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरको जिल्ला सचिवालयको वैठक बसेको थियो ।



सम्बन्धित
Loading...