पाल्पामा स्कर्पियोलाई पहिरोले चाँप्दा ३ जनाको मृत्यु, ८ घाईते

पाल्पा, भदौ १३ –
रिब्दिकोट गाउँपालिका ३ जोर्तेमा माथिबाट आएको पहिरोले स्कर्पियो गाडि चाँप्दा ३ जनाको मृत्यू भएको छ ।
८ जना घाईते भएका छन । घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी बिरेन्द्र थापाका अनुसार घाइतेहरुको उपचारका लागि तानसेन स्थित लुम्बिनी मेडिकल कलेज पठाईएको छ ।
मृत्यू हुनेमा २ पुरुष र १ जना महिला छन । दुर्घटना बिहान ८.१५ मा भएको हो ।
गुल्मीको तम्घासबाट बुटवलका लागि हिँडेको लु १ ज ४६०० नम्बरको कालो प्लेटको स्कर्पियो गुडिरहेका बेला माथिबाट ढुङगा सहितको पहिरो झरेर दुर्घटनामा परेको हो ।
सो सडक वर्षौदेखि निर्माणाधिन अवस्थामा छ । साँघुरो र उकालो भएका कारण जोर्तेमा सधै दुर्घटनाको जोखिम छ ।