नवलपुरमा विषालु च्याउ खाएर ४ जना विरामी




नवलपुर । पूर्वी नवलपरासीमा विषालु च्याउ खाएर चार जना विरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ त्रिभुवनटार स्थित सुरज पोल्ट्री फर्ममा काम गर्ने कावासोती १४ का २३ बर्षीया पूर्णिमा परियार, २४ बर्षीया शान्ति परियार, निजका छोरी ६ बर्षीय रोशनी परियार र पोल्ट्री फर्म सञ्चालक कावासोती १४ निवासी ४८ बर्षीया निलकण्ठ तिमिल्सिना विरामी परेका हुन् ।




उनीहरुले पोल्ट्री फर्म रहेको बारीमा उमे्रका च्याउ पकाएर खाँदा विरामी परेका हुन् । गएराति विरामी परेका उनीहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ ।

विरामीको अवस्था मध्यम रहेको र फर्म सञ्चालक तिमिल्सिनालाई पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...