जीप दुर्घटना, दुईकाे घटनास्थलमै मृत्यु




जुम्लाकाे कनकासुन्दरी गाउँपालिकन वडा नं. ४ मा बाेलेराे जीप दुर्घटनाकाे दुई जनाकाे मृत्यु भएकाे छ ।

जुम्लाबाट मुगु तर्फ जाँदै गरेकाे भे १ ज १०९९ नम्बरकाे बाेलेराे जीप नाग्म- गमगडि सडक अन्तरर्गत कनकासुन्दरीकाे छलपनेरा भन्ने ठाउँमा आईतबार विहान दुर्घटना भएकाे हाे ।




दुर्घटनामा परी  घटना स्थलमै दुई जनाकाे मृत्यु भएकाे र मृत्यु हुनेमा चालक र सहसचालक हुन सक्ने अनुमान गरिएकाे जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक याम बहादुर बुढामगरले बताए ।

उनका अनुसार मृत्तक दुबेैजनाकाे हाल सम्म सनाखत हुन सकेकाे छैन् । गाडी धनी मुगुबाट घटनास्थल तर्फ आउदै गरेकाेले एकिन जानकारी आउन बाँकि छ ।

मृत्तक चालक सहचालक रहेकाे अनुमान गरेपनि एकिन भएकाे छैन् । भने सडकभन्दा करिब ३ सय मिटर तल जीप खसेकाे छ । जीप दुर्घटनाकाे कारण भने अझै खुलेकाे छैन् ।

यदपी घटनाकाे बारेमा अनुसन्धान भईरहेकाे छ । जिल्ला प्रहरी कार्यालयकाे टाेली घटना स्थल तर्फ गएकाे प्रहरी निरिक्षक बुढामगरले जानकारी दिए ।



सम्बन्धित
Loading...