मर्स्याङ्दीमा बस खस्दा चालक बेपत्ता


शान्ता कमली-
लमजुङ १७ भदाै –
लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ बालुवाको पहिरोबाट मर्स्याङ्दी नदीमा बस खस्दा चालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार शनिबार मध्यराती चितवनको भरतपुर महानगरपालिका १३ घर भइ हाल मर्स्याङ्दी गाउँपालिका ७, ङादी बस्दै आएका ४० वर्षिय खेमबहादुर भुजेल बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए।




उनका अनुसार बस मर्मत गरी ङादीतर्फ जाने क्रममा शनिबार राती साँढे १२ बजेतिर बस नदीमा खसेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिब १५–२० मिटर तल खसेर मर्स्याङ्दीमा अधिकांश भाग डुबेको छ ।

खुदी प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमप्रसाद शर्माले बेंसीसहरबाट शनिबार यात्रु लिएर गएको ध १ ख ३७२ नम्बरको बस बाटोमा विग्रिएकोमा मर्मत गरेर राती ङादीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...