जापानिज ईन्सेफलाईटिसबाट नवलपुरमा १ जनाकाे मृत्यु




रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरमा लामखुट्टेकाे टाेकाईबाट लाग्ने राेग जापानिज ईन्सेफलाईटिसबाट १ जनाकाे निधन भएकाे छ ।

नवलपुरकाे कावासाेतीका महिलाकाे निधन भएकाे स्वास्थ्य कार्यालय नवलपुरले जनाएकाे छ ।




नवलपुरमा यस आर्थिक बर्षमा २ जनामा जापानिज ईन्सेफलाईटिस पुष्टि भएकाे र १ जनाकाे निधन भएकाे स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

जब कुनै लामखुट्टेले जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावरलाई (जस्तैसुँगुर वा जलपंक्षी) टोकेर त्यही लामखुट्टेले मानिसलाई टाेकेपछि याे राेग मानिसमा सर्ने गर्दछ ।



सम्बन्धित
Loading...