बाख्राकरणी गर्ने एक पक्राउ


इलाम : बाख्रा करणी गरेको आरोपमा इलाममा एक पक्राउ परेका छन । इलाम नगरपालिका ५ का २५ बर्षीय दिवस शिवाले छिमेकी कुमारी लिम्बूको गोठको बाख्रा करणी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



बाख्रा कराएपछि बाहिर निस्केर हेर्दा शिवाले बाख्रा करणी गर्दै गरेको देखेपछि तत्काल प्रहरीलाई फोन गरेर पक्राउ गरिएको थियो ।
मदक पदार्थ सेवन गरेर शिवाले बाख्रालाई करणी गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिवालाई तत्काल जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको जनाएको छ । शिवालाई पशु करणी गरेको ठहर भएमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने कानुनी व्यवस्था छ ।



सम्बन्धित
Loading...