नवलपरासीमा ३ लाख २४ हजारको सुनचाँदी सहित १ जना पक्राउ




रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले ३ लाख २४ हजारको सुनचाँदी सहित १ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर ७ पर्सामा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको लु ७९ प ६२९ नम्बरको मोटरसाइकललाई शंका लागि चेक जाँच गर्ने क्रममा प्रहरीले उक्त परिणामको विल नभएको सुनचाँदी बरामद गरेको हो ।




प्रहरीले चेकजाँचको क्रममा २ लाख ४० हजार बराबरको ४३ ग्राम ९ सय ३० मिलिग्राम सुन र ८० हजार रुपैयाँ बराबरको १ किलो ४ सय २४ ग्राम ९०० मिलि ग्राम चाँदी बरामद गरेको हो ।

प्रहरीले सुनचाँदी ल्याउने सुस्ता ३ बस्ने ३६ बर्षका सन्दीप सुनारलाई पक्राउ गरेको छ । प्रहरीले उनको खोल्टीबाट सुन र चाँदी बरामद गरेको थियो । सुनचादी र सुनारलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको जनाइएको छ ।



सम्बन्धित
Loading...