साँस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ – मुख्य मन्त्री चौधरी




परासी असोज २० । प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकासका लागी साँस्कृतीको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्ने सक्ने बताएका छन
बर्दघाट ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया महोत्सव २०८० लाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले साँस्कृतीको जगेर्ना गरि पर्यटनको बिकास गर्ने सकिने बताएका हुन

उनले भने नेपाल बिबिध सस्कृती भएको मुलुक हो । हामीले साँस्कृतीको बिबिधतामा आफुलाइ खोजिरहेको बताउदै चौधरीले एकले अर्को सस्कृतीको सम्मान गर्दै सस्कृतीको बिकास गर्न सकिने बताए । हरेकले आफ्नो सस्कृती बचाउने र अर्काको सस्कृतीको सम्मान गर्नु पर्छ । कहिले काहीं हामीले सस्कृतीको सम्मान गर्ने नसक्दा द्वन्द पनि निम्ति सक्छ । त्यसैले हामीले अहिले सस्कृतिक एकतामा जोड दिनु पर्छ ।”




कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनाल, लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार, बैजनाथ जैसवाल, बिश्वप्रेम पाठक लगायतले बोल्दै थारु जातीको भाषा, धर्म, सस्कृती र परम्पराको जगेर्ना गर्नु पर्ने बताए ।

कार्यक्रममा थारु जातीले खाने विभिन्न परिकारहरु, थारु जातिले प्रयोग गर्ने परम्परागत समाग्रीहरुको प्रर्दशनी, थारु जातीका विभिन्न सास्कृतिक झलकहरुको प्रस्तुति गरिएको छ ।

लोकमणि चौधरीको रहेको कार्यक्रमको अध्यक्षता देवकला गुरौकोभएकाे कार्यक्रममा झबिन्द्र चौधरी र अमृता चौधरीले नवलपरासीका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, राजनीति दलहरुका प्रतिनिधि, स्थानीय समाज सेवी लगायतको उपस्थिती रहेको छ ।



सम्बन्धित
Loading...