राजावादीहरुले काठमाडौंमा निकाले मोटरसाइकल र्याली
काठमाडौं । राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौँमा मोटरसाइकल -याली निकालेका छन् । शनिबार राजसंस्था पक्षधरहरुले काठमाडौंमा ठूला संख्यामा मोटरसाइकल ¥याली निकालेका हुन् ।
उनीहरुले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए। उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग गरे।
अहिले राष्ट्रिय हित, शान्ति, समुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।













