नवलपुरमा नेट प्रदायक सेवाले विद्युत प्राविधिकरण लाखौं रुपैयाँ बुझाउन बाँकी

इन्टरनेट प्रदायक सेवाका कम्पनीहरुले तार विछ्याउनका लागि नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरे वापतका लाखौं रुपैयाँ अझै बुझाएका छैनन् ।
नेपाल विद्युत प्राधिकरणका कावासोती शाखाका अनुसार उनीहरुले आफैले तिर्छौं भनेर घोषणा गरेको रकम पनि उनीहरुले तिरेका छैनन् । जस अनुसार विश्व दर्शन केवलले १२ लाख ४२ हजार ४ सय ३ रुपैयाँ ६० पैसा, चित्रवन युनिक केवलले १२ लाख ५ हजार ६ सय ६० रुपैयाँ २८ पैसा, किरन केवल नेटवर्कले १३ लाख ४९ हजार ५ सय ९९ रुपैयाँ ६८ पैसा भुक्तान गर्न बाँकी रहेको छ ।
त्यसैगरी बिसी डिजिटल लिंकले ४ लाख ५ हजार, प्राइम नेटवर्कले १ लाख ४९ हजार, मुकुन्दसेन केवलले ५ लाख ४८ हजार, भाइ नेट कम्युनिकेशनले ४ लाख २२ हजार, स्मार्ट लिंक नेटवर्कले २ लाख ३ हजार र सनलाइट नेटवर्कले ८९ हजार रुपैयाँ तिरेका छैनन् ।