६.१ रेक्टर स्केलको भूकम्प : धादिङको खरी केन्द्रबिन्दु




धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।




काठमाडौं उपत्यकालगायत धादिङआसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

सो भूकम्प ०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको उनले बताए ।



सम्बन्धित
Loading...