पिङ हाल्न रुख चढ्ने क्रममा लडेर मृत्यु

काभ्रे ६ कार्तिक २०८० । काभ्रे जिल्लामा पिङ हाल्न रुख चढ्ने क्रममा लडेर एक जनाको मृत्यु भएका छन ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका-६ का ५० बर्षिय गणेश परियारको मृत्यु भएको हो ।
पिङको लठ्ठारो बाध्न बरको रुखमा चढ्नेक्रममा लडेर घाइते भइ उपचारको लागि धुलिखेल अस्पताल ल्याएकोमा केही समयपछी अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएका छन ।
शवको पोष्टमार्टम पछि आफन्तले बुझि लगेको प्रहरीले जानकारी दिएका छन ।