नवलपुरमा आज विहानदेखि ४१ धण्टा विद्युत सेवा बन्द रहने
नवलपुर क्षेत्रमा आज विहान ५ बजेबाट ४१ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार आज शनिबार विहान ५ बजे देखी भोलि आइतबार राति १० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने छ ।
चट्याङ्गको कारण विग्रिएको ट्रान्सफरमर परिवर्तन गर्नका लागि विद्युत अवरुद्ध हुने भएको हो । प्रगतिनगर सव स्टेशनमा जडित १३२ र ३३ केभि, १५ एम भि ए, पावर ट्रान्सफरमरको ठाँउमा ३० एम्भिए, पावर ट्रान्सफरमर बदली कार्य हुने भएकोले विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
केहि समय पहिले प्रगतिनगरमा रहेको ट्रान्सफरमरमा समस्या भएपछि अस्थायी रुपमा ३० एमभिएको ट्रान्सफरमरको ठाँउमा १५ एम भिएको ट्रान्सफरमर राखेर सेवा दिदै आएको थियो । १५ एम भि एको ट्रान्सफरमर जडान भएपछि प्रगति सव स्टेशन अन्र्तगत रहेको क्षेत्रमा अत्याधीक लोडसेडिङ भएपछि उद्योगी, व्यापारीहरु मर्कामा परेक थिए ।