जंगली च्याउ खाँदा तीन जना बिरामी

गुल्मी, १४ कार्तिक
गुल्मीको इस्मा गाउँपालिका। वडा नं ६ अमरपुर बुल्ममा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् ।
स्थानीय बृष बहादुर कुमालको श्रीमती ३९ बर्षीया सरिता कुमाल र सोहि स्थानकै बिष्णु माया कुमालको छोरा ११ बर्षीय बिमल कुमाल तथा छोरी ८ बर्षीया सुस्मा कुमालले जङ्गली च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
बिरामी तीनै जनाको पाल्पा मिसन अस्पतालमा उपचार भईरहेको प्रवक्ता पाण्डेयले बताए ।