डाेटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु




धनगढी, १९ कार्तिक –
डोटीमा जीप दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जीप केआइसिह राजमार्गअन्तर्गत शिखर नगरपालिका-६, अण्यौलमा बिहान साढे दुई बजेतिर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका-५, का ३२ बर्सिया धनशोभा बुढा, उनका छोरा ६ वर्सिया कबिन्द्र बुढा, २२ वर्सिया राधिका मलाल र सोही ठाउ बस्ने बिमला मलालकी छोरी आठ महिनाकी प्रार्थना मलालको घटनास्थलमै मृत्यु भएको हो ।




जीपमा सवार हिमाली गाउँपालिका-५, बस्ने ३० वर्सिय प्रकाश बुढा, २३ बर्सिय खोमबहादुर मलाल, २४ बर्सिया दानबहादुर बुढा, २१ बर्सिया बिमला मलाल र २१ बर्सिय राजबहादुर मलाल घाइते भएका छन् ।

घाइतेहरुको शैलेश्वरी अस्पताल दीपायलमा उपचार भैरहेको छ । जीप एक्कासि अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...