नवलपुरमा राति ९ बजे पछि देउसीभैली खेल्न नपाइने

कावासोती । पूर्वी नवलपरासीमा राति ९ बजेपछि देउसी भैली खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचना जारी गर्दै नवलपुरमा राति ९ बजेदेखि देउसरी भैली खेल्न प्रतिबन्ध लगाएको हो ।
त्यसैगरी विज्ञप्तिमा पटेका, अतासबाजी जस्ता विस्फोटक पदार्थ पड्काउन, विक्री वितरणमा पनि रोक लगाएको जनाएको छ ।
विज्ञप्तिमा यस्ता काम गरे गराएको पाइए कानुनी कारवाही गर्ने समेत जनाइएको छ ।
प्रशासनले यस्तो सूचना जारी गरे पनि तिहार आउनु साता दिन अघिदेखि नै पटेका अटासबाजी जस्ता विस्फोटक पदार्थ पड्काउने विक्री वितरण गर्ने गरेको पाइएको छ ।

