बसका चालक बस चलाउँदै गर्दा अचानक बेहोस भएपछि …


रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीमा बस चालक बस चलाउँदै गर्दा अचानक बेहोस भएपछि उनको उपचारको क्रममा निधन भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २ ख ४०७२ नम्बरको यात्रुवाहक बसका चालक बस चलाउदा चलाउँदै गएराति बेहोस भएको थिए ।



पाल्पा जिल्लाको रम्भादेवी गाउँपालिका ५ बस्ने ४३ बर्षीय लालबहादुर गाहा मगर अचानक बेहोस भएका हुन् । उनको उपचारको क्रममा आज विहान ३ बजेतिर देवचुली नगर अस्पताल दुम्कौलीमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

अन्य यात्रुहरु भने सकुल रहेको र प्रहरीले उद्दार गरी अर्को बसमार्फत गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ ।




ट्याक्टरबाट खसी २ जना गम्भीर घाइते

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १२ चौधरी चोक अगाडि भित्रि सडक खण्डमा ना ६ त ८२३० नम्बरको गुडीरहेको ट्याक्टरबाट खसेर २ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार ट्याक्टरबाट खसेर गैडाकोट १२ निवासी १८ बर्षीय टेकबहादुर सुनारी र १७ बर्षीय पुजन मगर घाइते भएका हुन् । उनीहरुको टाउको, हातखुट्टामा चोट लागेको छ ।

उनीहरु दुवै जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...