नवलपुरमा जिप घरमा ठाेक्कियाे, ६ जनाकाे निधन १ जना गम्भीर
रामकुमार श्रेष्ठ –
नवलपरासी – पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका ८ मुण्डेमा ग १ ज ३२७० नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे निधन भएकाे छ ।
बुलिङ्गटार पहाडि क्षेत्रबाट दलदले आउदै गरेकाे जिप देवचुली ८ मुण्डे एस माेडमा एक्कासी घरमा ठाेक्किन पुगेकाे थियाे ।
दुर्घटनामा परी ३ जना महिला र ३ जना पुरूषकाे निधन भएकाे छ भने १ जना पुरूष गम्भीर घाईते भएका छन् ।
जिपमा ३ जना महिला र ४ जना पुरूष सवार थिए ।
दुर्घटना आज दिउँसाे ११:३० बजे तिर भएकाे हाे । मृतक र घाईतेकाे पहिचान हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पाैडेलले बताए । गम्भीर घाईतेकाे उपचारकाे लागि चितवन तर्फ पठाईएकाे छ।



