नवलपुरमा जिप दुर्घटनामा जिपमा सवार सातै जनाकाे निधन, ६ जनाकाे सनाखत

रामकुमार श्रेष्ठ –
नवलपरासी – पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका ८ मुण्डेमा ग १ ज ३२७० नम्बरकाे जिप दुर्घटना हुँदा ७ जनाकाे निधन भएकाे छ ।
बुलिङ्गटार पहाडि क्षेत्रबाट दलदले आउदै गरेकाे जिप देवचुली ९ गाेरे घुम्तीकाे एस माेडमा एक्कासी घरमा ठाेक्किन पुगेकाे थियाे ।
दुर्घटनामा परी ३ जना महिला र ४ जना पुरूषकाे निधन भएकाे छ भने गम्भीर घाईते १ जनाकाे उपचारकाे क्रममा निधन भएपछि मृतककाे संख्या ७ पुगेकाे हाे ।
जिपमा ३ जना महिला र ४ जना पुरूष सवार थिए ।
दुर्घटना आज विहान ११:३० बजे तिर भएकाे हाे । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पाैडेलका अनुसार दर्घटनामा परि नवलपुर बौदीकाली गाउँपालिका ६ मझडाँडा बस्ने बर्ष चालक २८/२९ को छन बहादुर आले, लाहटे बस्ने बर्ष ५२ की कुमारी राना, माझडाँडा बस्ने बर्ष ५५ को टेकमान वानटक्की, बुलिङटार गाउँपालिका ४ चुलिवोझ बस्ने बर्ष १२ की करिश्मा ठाडा, बर्ष ४०/४५ की कमला वानटक्की र मध्यबिन्दु नगरपालिका २ मदनपुर बस्ने बर्ष १८ चिरन अर्यालकाे निधन भएकाे छ ।
बाँकी १ जनाकाे सनाखत हुन बाँकी छ । ६ जनाकाे शप मध्यविन्दु जिल्ला अस्पताल डण्डमा राखिएकाे छ भने चिरनकाे शव पुरानाे मेडिकल कलेज भरतपुरमा रहेकाे छ ।
चिरन अर्यालकाे पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा दिउँसाे २:२० बजे मृत्यु भएको हाे ।