नवलपरासीमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी




रामकुमार श्रेष्ठ –

नवलपरासी – लक्ष्मी पूजा गर्ने क्रममा पश्चिम नवलपरासीमा आगाे लागेर १ घर जलेर नष्ट भएकाे छ ।




पश्चिम नवलपरासीको रामग्राम १७ स्थित देवगाउँमा लक्ष्मी पुजा गर्ने क्रममा आगो लागेको हो ।

आईतवार लक्ष्मीपूजाको दिन दियो जलाउने क्रम्मा आगो लागेर एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जनाएका छन् ।

आगो लागेर मानवीय तथा चौपाया क्षति नभए पनि कच्ची घर भित्र रहेका कपडा लत्ता, खद्यान्न, काठ, भाडाकुडाहरू जलेर नष्ट भएको छ ।

रामग्राम नगरपालिका वडा नं १७ देवगाउँ बस्ने गुड्डु लोनिय खपडाको घरमा आगो लाग्ने वितिकै खबर प्राप्त हुना साथ प्रहरी चौकी गोबरहियाँबाट खटि गएको प्रहरी, दमकल र स्थानीयहरुको सहयोगमा पुर्ण रुपमा आगो नियन्त्रणमा लिएकाे छ ।



सम्बन्धित
Loading...