४ लाख बढी नगद सहित जुवा खलिरहेका ११ जना कावासोतीबाट पक्राउ

रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले ४ लाख बढी नगद सहित पक्राउ गरेको छ ।
कावासोती ८ को कैलाश चोकमा अनु गैरेको घर जुवा खेलिरहेका ११ जनालाई ४ लाख ३५ हजार ९५ नेपाली रुपैयाँ र ५ सय भारु नगद सहित पक्राउ गरेको हो ।
प्रहरीले गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रहजर र जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटेको १५ जनाको टोलीले तास खेलिरहेको अवस्थामा ३ बुक तास र बन्द रहेको ३ बुक तास सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मध्यविन्दु ७ निवासी ३५ बर्षीय कृष्ण अर्याल, मध्यविन्दु ९ का ३९ बर्षीय दिपक अधिकारी, कावासोती ८ निवासी ४० बर्षीय मनु गुरुङ, ३२ बर्षीय रोहित गैरे, कावासोती ३ निवासी २८ बर्षीय महेन्द्र पौडेल, कावासोती ३ निवासी २८ बर्षीय नारायण खनाल, कावासोती ३ निवासी ३३ बर्षीय बाबु पुन, कावासोती १२ निवासी ३५ बर्षीय धनबहादुर महतो, देवचुली १४ निवासी २८ बर्षीय सौरभ खनाल, चितवनको भरतपुर महानगरपालिका १४ बस्ने ३७ बर्षीय आशिष आचार्य र स्याङजा जिल्लाको गल्याङ नगरपालिका ६ निवासी ३२ बर्षीय सागर थापा रहेका छन् ।