कावासोतीमा भोलिदेखि महोत्सव हुँदै, महोत्सवको तयारी पुरा, पर्यटन मन्त्रीले कार्यक्रमको उद्घाटन गर्ने




नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरले आयोजनामा भोलिदेखि नवलपुर महोत्सव हुने भएको छ । मंंसिर १ गतेदेखि मंसिर ११ गतेसम्म हुने प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री दिपेन्द्र थापा मगरले उद्घाटन गर्ने भएका छन् ।

महोत्सवको शुरु हुनु पूर्व कावासोतीको फलफूल चोकबाट सभापति चोकसम्म र्याली गरी पुन फलफूल चोक हुँदै महोत्सव स्थल कावासोती ८ को खेल मैदानसम्म पुग्ने छ । र्यालीमा नवलपुरमा रहेका १० वटा जातिय संगठनको झाँकीका साथै नवलपुरमा रहेका विभिन्न संघ संस्था, आमा समूह, क्लब, विद्यालय, क्याम्पस लगायतको समेत सहभागिता रहने छ ।



मगर इतिहास भाषा, लिपि, संस्कृति, संरक्षण–संवर्द्धन मगरहरुको मूल मन्त्र मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मूल नाराका साथ यही महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवको बारेमा जानकारी दिन आज साँझ कावासोतीमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मगर संघ नवलपुरका अध्यक्ष नम्सु सुनारी मगरले महोत्सवको तयारी पुरा भएको बताए ।
महोत्सवमा मगर, थारु, गुरुङ, तामाङ, नेवार लगायतका नवलपुरमा रहेका १० जातीय संगठनका कला संस्कृति झल्कने स्टल तथा सास्कृतिक घरहरु राखिने भएको छ । त्यसैगरी बाल उद्यन, कृषि, पर्यटन सम्बन्धी स्टल र व्यापारिक स्टलहरु पनि रहने छन् ।

नेपाल मगर संंघले नवलपुरमा पहिलो पटक महोत्स गर्न लागेको हो । महोत्सवमा मगर समुदायको सांस्कृतिक नाँच कौराहा नाचको राष्ट्रिय स्तरको प्रतियोगिता गरिने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले ४० हजार नगद पुरस्कार पाउने मगर संघ नवलपुरका अध्यक्ष भुम राई मगरले बताए । महोत्सवमा प्रत्येक दिन १÷१ वटा कौराहा नाच प्रतियोगिता हुने छ ।

महोत्सवमा प्रकाश सपुथ, सिम्रन परियार, ज्योति मगर, प्रिति आले मगर लगायतका राष्ट्रिय कलाकारहरुका साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक देव गाहा मगरले बताए । महोत्सवमा नवलपुर डान्स आइडियल पनि हुने बताइएको छ । त्यसका लागि मंसिर १ र २ गते अडिसन हुने छ ।

महोत्सव स्थलमा १५० स्टल रहने छन् । महोेत्सवलाई विशेष झल्को दिनका लागि मगरहरूको पहिचान झल्कने प्रवेश गेट, मगरहरूले परापुर्व कालमा प्रयोग गर्ने घरको नमुना, भाडाकुडाको प्रदर्शन कक्ष रहेको छ ।

महोत्सवको सहयोजकको रुपमा नेपाल मगर संघका नवलपुरमा ८ पालिकाका पालिका संघ रहेको छ भने संरक्षकको रुपमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र कावासोती नगरपालिकाको कार्यालय रहेको छ ।

यसैबीच महोत्सवको पूर्व सन्ध्यामा आज नवलपुरमा रहेका मगर अगुवाहरुको वैठक बसेको छ । वैठकमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशन बहादुर गाहा, नेपाली काँग्रेसी नवलपुरका कार्यवाहक सभापति चन्द्रबहादुर राना मगर लगायतको सहभागिता रहेको थियो ।

महोत्सवमा विद्यार्थीहरुलाई टिकक शुल्क ६० रुपैयाँ राखिएको छ भने अन्यलाई १ सय रुपैयाँ र जेष्ठ नागरिकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ ।



सम्बन्धित
Loading...