नवलपुर महोत्सवको सातौं दिन १० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरे




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा जारी नवलपुर महोत्सवको सातौं दिन १० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।

मंसिर १ गतेदेखि शुरु भएको महोत्सव मंसिर ११ गतेसम्म चल्ने छ । महोत्सवमा सातौं दिन गायिका ज्योति मगर र दिपक खड्का लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो भने आजै चितवनको भरतपुरका कौराहा समूहको कौराहा नाँच प्रस्तुत गरिएको थियो ।




महोत्सवमा मंसिर ६ गतेदेखि दर्शकको सहभागिता ह्वात्तै बढेको छ । नेपाल मगर संघ नवलपुरको आयोजनामा मंसिर १ गतेदेखि कावासोतीमा जारी प्रथम नवलपुर मगर सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सवमा मगर, थारु, गुरुङ लगायतका समुदायको कला संस्कृति झल्कने स्टल तथा होटलहरुको साथै बाल उद्यन, कृषि, पर्यटन तथा व्यापारिक स्टलहरु समेत रहेका छन् ।

भोलि चर्चित गायक तथा नायक दुर्गेश थापाको प्रस्तुति रहने आयोजक नेपाल मगर संघ नवलपुरले जनाएको छ ।

तिहार छट ठूलो एकादशी जस्ता चाडपर्वले महोत्सवलाई केही प्रभाव पारे पनि विस्तारै दर्शकहरु बढ्दै गएको आयोजकले जनाएको छ । भोलि मंसिर ८ गते रमेश प्रर्साइ, निर्जला गुरुङ, हिरन थापा, शिव थापा, अस्मि मगर, टिकिसरा राना र दिपक खड्का लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।



सम्बन्धित
Loading...