राजतन्त्र मान्दैनौं, प्रदेश संरचनाको विषयमा पुनविचार हुन्छः रास्वपा महामन्त्री डा. ढकाल

रामकुमार श्रेष्ठ —
नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी कहिलै राजसंस्थाको पक्षमा नउभिने बताएका छन् । उनले रास्वपा गणतन्त्रको पक्षमा विश्वास गर्ने पार्टी भए पनि आफूहरु कुनै कम्युनिष्ट पार्टी नभएको र लोकतान्त्रिक पद्दतिलाई विश्वास गर्ने पार्टी भए पनि काँग्रेस पार्टी नभएको बताए ।
‘हामी नेपालको संविधान मान्छौं त्यसैले हामी गणतन्त्रमा विश्वास गछौं । हामीले नेपालमा फरक अभ्यास गर्दैछौं । त्यसैले यो न काँग्रेस, न कम्युनष्टि पाटी हो । ’ — उनले भने — ‘हामी संघियता पक्षधर हौं । हामीले अहिलेसम्म संघीयता भनेर संघ र स्थानीय तहलाई मानेका छौं तर भोलि संघीयताको मुल परिभाषामा प्रदेश संरचना पनि राख्नै पर्ने अवस्था आए, हामी त्यसमा पछि विचार गर्छौं तर अहिलेसम्म प्रदेशको विषयमा हामीले कुनै नयाँ निर्णय गरेका छैंनौं । त्यसैले अहिलेसम्म प्रदेश संरचनालाई हटाउनु पर्छ भन्ने नै हाम्रो पार्टीको मान्यता हो । ’
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको नवलपुरको रजहरमा चलेको २ दिने वैठक पछि आयोजित जलेश्वर वैठकले पास गरेका प्रस्तावना सभापतिको राजनीतिक प्रतिनिधि र नयाँ संगठनात्मक ढाचाको बारेमा प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै उनले यस्तो भनेका हुन् ।
नियमित वैठक अन्तरगत र हरेक वैठक फरक फरक स्थानमा बस्ने पार्टीको निती अनुसार अहिले नवलपुरको रजहरमा वैठक बसेको रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले बताए ।
वैठक र प्रशिक्षण पछि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै पार्टी महामन्त्री एवम् पार्टी प्रवक्ता डा. मुकुल ढकाल रास्वपा मिसन ०८४ लिएर ०८४ को निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताए । उनले पहिलो चरणमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टी अगाडि बढेको र स्थानीय तहका लागि उम्मेदवार छान्नै पार्टीले अहिले देखिनै उम्मेदवार क्लब बनाएर सोही मार्फत ५ चरणको प्रशिक्षण मार्फत उम्मेदवार छानिने बताए ।
त्यसैगरी पत्रकारहरुले राखेको जिज्ञासामा प्रदेश पार्टी सभापति राजन गौतमले रास्वपा मिटरव्याजी विरुद्ध गम्भीर रहेकोले माया भण्डारीलाई अहिले दोषी प्रमाणित नहुँदासम्मलाई निलम्बन गरेको र दोषी प्रमाणित भए पार्टीबाटै निष्कासन गर्ने बताए । गौतमले माया भण्डारीको विषयमा उठेको प्रश्नमाथि पार्टीले पनि छानविन गरिरहेको बताए ।