नवलपरासीमा ५४ बोरा अवैध चिनी बरामद

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)बाट प्रहरी निरीक्षक प्रकाश भूषालको कमाण्डमा खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ५४ बोरा अवैध चिनी बरामद गरेको छ ।
शुक्रबार बेलुकी ८ः३० बजे नवलपरासीको बर्दघाट नगरपालिका वडा नं–१५ नौडिहवास्थित धर्म न्यौपानेको कोही नबस्ने एकतल्ले टिनले छाएको घरमा अवैधरुपमा भन्सार छली ल्याई लुकाइछिपाइ राखिएको ५० किलोको दरले ५४ बोरा दुई लाख १६ हजार मूल्यबराबरको चिनी बरामद गरी नियन्त्रणमा लिइएको हो ।
बरामद चिनी जल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा ल्याइ राखिएको र आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।