नवलपरासीमा प्रहरीद्वारा लागूऔधषसहित पाल्हीनन्दनको गुप्ता पक्राउ

परासी ।
पश्चिम नवलपरासीमा प्रहरीले लागुऔधषसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले रामग्राम नगपरापालिकाकोे वडान ४स्थित केरवानीको भित्रि सडकमा लागुऔधषसहित एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब निरीक्षक बिष्णुराज तिमल्सेनाको कमाण्डमा खटिएको प्रहरी टोलिले नियमित चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ६४ प ३७८७ नं को मोटरसाईकललाई ल्याउदै गरेको मोटरसाइकल चेकजाँच क्रममा उक्त लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिए।
उनको अनुसार लागु औषध सहित पक्राउ पर्नेमा जिल्ला नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा नं४ लोहरौली बस्ने वर्ष २१ को सागर गुप्तासाथबाट लागुऔष बरामद गरिएको डिएसपी बोहराले बताए ।
गुप्ताले लु६४प ३७८७ नंको मोटरसाईलमा कालो रङ्ग झोलामा बोकेको लागुऔधष डाइजपा १९८ एम्पुल,फेनारागन १९८एम्पुल, नुफीन १९६ एम्पुल , एम्पुल, हिरोईन जस्तो देखिने खैरो पदार्थ १२ ग्राम बरामद गरिएको बोहरले जानकारी दिए ।
प्रहरीको नियमीत चेकजाँच क्रममा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु६४ प ३७८७ नं मोटरसाईलमा सवार ३ जना मध्ये २ जना भगी फरार उनीहरु पनि खोजिकार्य तथा थप अनुसान्धन कार्य भैरहेको प्रहरीले जनाएको छ ।